नुवाकोट सेवा समाज युएईको प्रथम साधारण सभा सम्पन्न भएको छ । बर-दुबई स्थित कोशेली रेष्टुरेन्टमा संस्थाको साधारणसभा सम्पन्न भएको हो ।समाजका अध्यक्ष बासुदेब ढुंगानाको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा सस्थापक कार्य समितीका पदाधिकारिहरुको उपस्थिती रहेको थियो । समाजका महासचिव इश्वर घिमिरेले संचालन गरेको कार्यक्रममा बरिष्ठ-उपाध्यक्ष रबिन खड्गीले उपस्थित सम्पूर्ण सदस्य, अतिथि लगायतका महानुभावहरूलाई स्वागत मन्तव्यले सम्वोधन गरेका थिए ।
“हाम्रो नुवकोट हाम्रो शान, सहकारीता र सेवा अभियानु” भन्ने मुख्य नारा रहेको समाजले समाज सुधार लगायत समस्यामा परेका ब्यक्तीहरुको सहयोगर्था विभिन्न कामहरु गर्दै आएको छ ।
कार्यक्रममा समाजका अध्यक्ष ढुंगानाले समाजले विगत बर्षहरूमा गरेका प्रमुख कार्यबारे सभालाई अवगत एवं स्मरण गराएका थिए । बरिष्ठ-उपाध्यक्ष खड्गी र महासचिव घिमिरेले समाजले सरकारी अस्पताललाई अत्याधुनिक सुबिधा सम्पन्न उपकरण प्रदान, बिभिन्न रोगहरु बाट ग्रसित आर्थिक स्थिती कमजोर भएका ब्यक्ती हरुलाई आर्थिक सहयोग गर्दै गरेका प्रयास एवं उपलब्धी सम्बन्धमा चर्चा गरे ।
सभामा उपस्थित हिमालयन बैक लिमिटेडका रिप्रीजेन्टीभ राजुबिक्रम खतिवडाले संस्थाले बिगतमा गरेको कामहरुको प्रसंसा गर्दै आगामी दिनहरुमा आइपर्ने व्यवहारीक समस्या समाधानका लागि समाजका सबै सदस्यको महत्वपूर्ण भूमिका हुने विषय पनि प्रष्ट पारे ।
समाजका पदाधिकारीहरूको ३ वर्षे कार्यकाल सकिएकोले यो सभामा पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमितिको चयन गर्ने कार्यक्रम रहे बमोजिम सभाका सभापति समाजका अध्यक्ष ढुंगानाले पुरानो कार्य समिति विघटन गरी नयाँ कार्यसमितिको मनोनयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन गरेको अनुरोध सँगै सभाले सर्बसम्मत रुपमा नबिन कार्कीको को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको बरिष्ठ-उपाध्यक्ष रबिन खड्की, उपाध्यक्ष कमल अधिकारी, उपाध्यक्ष अम्बिका मोहरा, महासचिवमा जगन अधिकारी, सचिवमा सुजन थापा, कोषाध्यक्षमा इश्वर घिमिरे, सह-कोषाध्यक्षमा पार्वती न्यौपाने, प्रवक्तामा सबिना भट्ट, सल्लाहकारमा बासुदेव ढुङ्गाना, राजु राज फुयाल र कानुनी सल्लाहकारमा प्रल्हाद पाठक चयन भएका छन् ।
सदस्यहरूमा भने श्याम शिबभक्ती, मेनुका अधिकारी, भानुभक्त दहाल, रन्जना गौतम, संजय तमाङ, राजेन्द्र खड्का, बिष्णु रिमाल, राजिन्द्र गौतम, सुमित्रा राई, हेमराज नेपाल र राजुबिक्रम खतिवडा चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष नबिन कार्कीले आफ्नो नेतृत्वको लागि समाजले आफूलाई गरेको विश्वास प्रति सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समाज र समाजवासीको हित, सुख, शान्ति र विकासका लागि आफूलाई पूर्ण समर्पित गर्ने प्रतिवद्धता जाहेर गर्दै सभाको विसर्जन गरे ।
Feel free to contact us
Location:
Nuwakot Sewa Society UAE
Nuwakot, Nepal
Mail us at:
nuwakotsewasociety@gmail.com
Contact Information:
+971 50 119 1683
Submit your queries, feedback, or grievances
नुवाकोट सेवा समाज युएईको कार्य समिति संगठन