नुवाकोट सेवा समाज युएई
२०१९
विधान
साधारण सभा वा संस्थाको बैठकबाट स्वीकृति
प्रस्तवना
नुवाकोट जिल्ला नेपालको मान चित्रमा मध्य क्षेत्रको प्रदेश नं: ३ अन्तर्गत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोटमा विभिन्न जात–जाती, भाषा–भाषीहरुको वसोवास रहेको छ। विभिन्न जात–जाती तथा भाषा–भाषीहरुको संगम भएकोले विबिधतामा एकता भएको जिल्लाको रुपमा चिन्न सकिन्छ। नुवाकोट जिल्लामा भएका कला संस्कृतीको जगेर्ना गर्न र संरक्षण गर्नु नयाँ पुस्ताका लागी ठूलो चुनौती बनेको छ। कहिले काँही हामीलाई आफ्नो संस्कार कहाँ छ भनी खोजी गर्नु पर्ने अवस्था आउन सक्ने देखिन्छ। आयात भएका नयाँ संस्कृतिको कारणले हाम्रा आफ्ना पुराना आफ्नै मौलिकता भएका संस्कृति हराएर जाने सम्भावना देखिन्छ। हाम्रा कला संस्कृतीहरुलाई जोगाई राख्न प्रवासमा रहेका नुवाकोट जिल्ला बासी दाजुभाइ दिदिबहिनी लगाएत सम्पुर्ण नुवाकोटेहरुलाई गोलबन्द गरी उनीहरुलाई सकारात्मक पक्षमा परिचालन गर्दै प्रवासमा समस्यामा परेका जिल्लाका साथिहरुलाई तथा नेपालमा रहेर बिभिन्न समस्यामा परेका नेपालिलाई सहयोग गर्नुका साथै सामाजिक विकृति, विसंगति रोक्न र रुढिवादि परम्पराको अन्त्य गरी कला र संकृतिले भरिएको सभ्य समाजको निर्माणार्थ चेतना मुलक कार्यक्रम सञ्चालन गरी जिल्ला तथा देशको बिकासमा टेवा पुर्याउने उद्देश्यले नुवाकोट सेवा समाज, युएईको विधान सन २०१९ जारी गरिएकोछ।
परिच्छेद – १
१. १ संक्षिप्त नाम र प्रारम्भ
(क) यस विधानको नाम “नुवाकोट सेवा समाज युएई” बिधान रहने छ।
(ख) यस संस्थाको नाम “नुवाकोट सेवा समाज युएई” रहने छ
(ग) यो बिधान संस्था दर्ता भएको मिति देखि प्रराम्भ हुनेछ (अहिले संस्थाको कार्य समितिको निर्णयमा संचालन भैरहेको छ।
(घ) यो संस्थाको कार्य क्षेत्र युएई तथा नुवाकोट जिल्लामा हुने छ । आवश्यकता अनुसार सम्वन्धित जिल्लाका स्थानिय अधिकारीको स्वीकृति लिई नेपाल अधिराज्य भरी कार्य क्षेत्र विस्तार गर्न सकिने छ।
१ .२ परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा:
क) “विधान” भन्नाले नुवाकोट सेवा समाज, युएई विधानलाई सम्झनु पर्दछ ।
ख) “संस्था” भन्नाले नुवाकोट सेवा समाज, युएईलाई सम्झनु पर्छ ।
ग) “समिति” भन्नाले यस विधानको दफा बमोजिम गठित कार्य समितिलाई जनाउँदछ ।
घ) “सभा” भन्नाले यस बिधान वमोजिम बसेको साधारण सभा र विशेष साधारण सभालाई समेत जनाउँदछ ।
ङ) “पदाधिकारी” भन्नाले संस्थाका पदाधिकारीहरुलाई सम्झनु पर्दछ ।
च) “नियम विनियम” भन्नाले यस बिधान अन्तर्गत बन्ने नियम विनियमलाई जनाउँदछ।
छ) “तोकिएको वा तोकिए वमोजिम” भन्नाले यस विधानमा उल्लेखित भएका विभिन्न दफा उपदफा वमोजिम वा यस विधानको अधिनमा रहि बनेका नियम विनियमहरुमा उल्लेख भए वमोजिम भन्ने सम्झनु पर्दछ ।
ज) “आर्थिक वर्ष” भन्नाले प्रत्येक वर्षको अषाढ मसान्त सम्मको अवधी सम्झनु पर्दछ ।
झ) “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई सम्झनु पर्दछ ।
१. ३ संस्थाको छाप र चिन्ह
प्रचलित ब्यवस्थाको प्रतिकुल नहुने गरी संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुनेछ । छाप र चिन्ह अनुसूची १ वमोजिमको ढाँचामा गोलाकार छापको माथि पट्टि संस्थाको नाम, तल्लो तिर स्थापना मिति, विचमा मन्दिर रहने छ तर संस्थाको नाम, छाप र चिन्ह पूर्व दर्ता भएको कुनै संस्था संग मेल खाएमा संसोधनको प्रकृया द्वारा तुरुन्त संसोधन गरिने छ ।
१. ४ संगठित सस्था
यो संस्था सहयोगी भावाना भएको व्यक्ति , इमान्दार ,परोपकार ,सामाजिक उत्तराधिकारवाला एक संगठित सस्था हुनेछ। यस संस्थाले युएईमा कार्यरत सम्पूर्ण नेपाली नुवाकोटे दाजु-भाइ, दिदि-बहिनिहरु प्रति एकीकृत गराउने संस्था हो। संस्थाको नाम वा व्यक्तिको नामबाट कुनै पनि नकारात्मक कार्य गर्न र कारोबार गर्न पाइने छैन यदि यस्तो पाएको खण्डमा संस्थाको नियम अनुसार सजायको भागिदार हुन सक्ने छ। यस संस्थामा आबद्द भए पछि संस्थाको नियम अनुसार र कार्य समितिको अनुमति बिना केहि पनि गर्न सक्नु हुने छैन।
परिच्छेद – २
उदेश्यहरु:
२. १ संस्थाको बिधानमा उल्लेखित नीति निर्देशनको अधिनमा रही यस सस्थाको उदेश्यहरु
यो संस्था कला र परम्परागत संस्कार र संस्कृतीको संरक्षण तथा समस्यामा परेका ब्यक्ती तथा संस्थालाई सहयोग तथा समन्वय गर्न स्थापना भएको संस्था भएकोले यसका उद्देश्य निम्न वमोजिम रहेका छन:
क) जिल्लामा विद्यमान विकृति, विसंगतीहरुलाई न्युनिकारण गर्न आवश्यक पहल गर्ने ।
ख) जिल्लामा जिर्ण अवस्थामा रहेका मठ, मन्दिर, पाटी–पौवा, सार्वजनिक स्थलको मर्मत, संहार र संरक्षण गर्ने
(ग) जिल्लामा छरिएर रहेका कला, संस्कृती, संस्कार र साहित्यको संरक्षण गर्ने ।
(घ) युएईमा छरिएर रहेका दाजुभाइ दिदिबहिनीहरुलाई एकिकृत गर्ने तथा भाईचाराको मेलमिलापको निती अवलम्वन गर्ने । जसवाट युएई तथा नुवाकोटमा हुने कुनै पनि सामाजिक कार्यमा सहमती जुटाउन सहज हुने बातवरण सिर्जना गर्ने ।
(ङ) पिडितहरुलाई वर्गीय हित बैज्ञानिक किसिमको प्रचार गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-सस्था संग सम्बन्ध समन्वय राख्ने, सबै पिडितहरुलाई आफ्नो सेवाको परिचय दिने
(च) कुनै अनुसन्धान गर्नु परेमा नेपाल सरकार वा सम्न्धित निकाय बाट स्वकृति लिएर मात्र गरिने छ।
(छ) यो सस्था राजनीतिक दल वा दलगत राजनीतिक बिशेष संग असम्बद्ध र लाभ निरपेक्ष रहने छ।
२. २ ) उद्देश्य प्राप्तीका लागि गरिने काम:
यस संस्थाको उद्देश्य प्राप्तीको लागि देहाय बमोजिमका कार्यहरु गर्नेछ:
क) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गर्ने छ।
ख) संस्थामा प्राप्त रकम कार्यसमितिको निर्णयमा कोषाध्यक्ष वा सह-कोषाध्यक्षको खातामा राख्ने।
परिच्छेद -३
सदस्यता
३. १ सदस्यता
सदस्यताको वर्गिकरण
यस संस्थामा देहाय वमोजिमका सदस्यहरु रहने छन
क) साधारण सदस्यः– यस विधान वमोजिम योग्यता पुगेका कुनै पनि ब्यक्तिले तोकिएको प्रक्रिया अन्तर्गत रहि संस्थाको सदस्यता प्राप्त गर्ने ब्यक्तिहरु साधारण सदस्य हुनेछन।
ख) संस्थापक सदस्यः– यस संस्था दर्ता हुँदा वखतका तदर्थ समितिका पदाधिकारीहरु संस्थापक सदस्य हुने छन।
ग) आजिवन सदस्यः– संस्थाको विकासको लागि विशेष योगदान पुर्याउने ब्यक्तिलाई तोकिएको प्रक्रिया अन्तर्गत आजिवन सदस्य प्रदान गर्न सकिने छ ।
घ) मानार्थ सदस्यः – संस्थाले उपयुक्त ठानेको समाजसेवी, विशिष्ठ ब्यक्ति तथा प्रतिष्ठीत ब्यक्तिलाई मानार्थ सदस्य प्रदान गर्न सकिने छ तर मानार्थ सदस्यको मताधिकार हुने छैन ।
ङ) सललाहकार सदस्यः– संस्थाको हितका लागि आश्यक सल्लाह, सुझाव र गरीमा वढाउनको लागि संस्थाले राष्ट्रिय, जिल्ला स्तर र स्थानिय स्तरका ब्यक्तिहरुलाई सल्लाहकार सदस्य राख्ने छ र यस प्रकारका सदस्यको मताधिकार हुने छैन। तर निर्वाचन समितिमा भने समावेश गर्न सकिने छ।
३. २ सदस्यता प्राप्तीका लागि आवश्यक योग्यता यस संस्थाको सदस्यका लागि देहाय वमोजिमको योग्यता पुगेको हुनुपर्ने छ ।
क) नेपाली नागरीक भएको ।
ख) १८ वर्ष उमेर पुरा भएको ।
ग) मानसिक सन्तुलन नगुमाएको ।
घ) सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको ।
ङ) कुनै पनि सार्वजनिक संस्थालाई बुझाउनु पर्ने नगदी, जिन्सी वा अन्य कुनै भौतिक सम्पत्ति वुझाउन बाँकी नरहेको हुनु पर्दछ ।
च) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोग नलागेको ब्यक्ति
३. ३ संस्थाको सदस्यता प्राप्त गर्न वा वहालमा रहन नसक्ने अवस्था देहाय वमोजिम छन
क) गैर नेपाली नागरीक भए।
ख) मानसिक सन्तुलन गुमाएको।
ग) भ्रष्ट्राचारको अभियोग तथा सार्वजनिक सम्पति हिनामिना गरेको।
घ) संस्थाको प्रत्येक्ष विरुद्धमा रहेको ब्यक्ति।
ङ) संस्थामा आवद्ध कुनै पनि ब्यक्तिलाई भड्काउने ब्यक्ति।
च) यस संस्थाको रकम हिनामिना गरी कानूनी सजाय पाएको ब्यक्ति।
च) सदस्यता नलिएको व्यक्ति।
३. ४ सदस्यता समाप्ती
देहायको अवस्थामा कुनै पनि ब्यक्ति यस संस्थाको कुनै सदस्यमा वहाल रहने छैन।
क) यस विधान बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने।
ख) साधारण सभाको ७५% को सदस्यहरुको वहुमतले संस्थाको पदवाट हटाउने प्रस्ताव पारित गरेमा।
ग) सदस्यले आफ्नो पदवाट दिएको राजिनामा स्वीकृत भएमा।
घ) संस्थाको काम कारवाहीमा वेईमानीमा वा वदनियत गरेको कुरा अदालतवाट प्रमाणित भएमा।
ङ) यस विधान वमोजिम संस्थाको कुनै पनि सदस्यले गर्न नहुने भनी तोकिएको कार्य गरेमा।
च) संस्थाको रकम हिनामीना गरी संस्थालाई हानी नोकसानी पु¥याएमा।
छ) संस्थाले आयोजना गरेको कार्यक्रममा लगातार ३ दिन अनुपस्थिती भएमा।
ज) संस्था विघटन भई खारेजी भएमा।
तर कुनै पनि ब्यक्ति यस संस्थाको सदस्यता प्राप्त गर्न वा वहालमा रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाईको सबुद प्रमाण पेश गर्न मौका दिईने छ।
३. ५ संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन सक्ने अवस्था।
यस विधानको दफा ६ वमोजिम सदस्यले देहाय वमोजिमको उपदफमा तोकियको शुल्क तिरी सदस्यता प्राप्त गर्न सकिने छ।
क) साधारण सदस्यः– साधारण सदस्यता प्राप्त गर्न चाहने ब्यक्तिले प्रवेश शुल्क वाफत रु ।– वुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्न सक्ने छ।
ख) संस्थापक सदस्यः– यस संस्था दर्ता हुँदा वखतका तदर्थ समितिका पदाधिकारीहरु संस्थापक सदस्य हुने भएकोले कुनै शुल्क लाग्ने छैन।
ग) आजिवन सदस्यः– संस्थाको विकासको लागि विशेष योगदान पु¥याउने ब्यक्तिलाई तोकिएको प्रक्रिया अन्तर्गत आजिवन सदस्य प्रदान गरीयता पनि सुरुमा प्रवेश शुल्क वाफत रु ।– वुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नु पर्ने छ।
घ) मनार्थ सदस्यः– संस्थाले उपयुक्त ठानेको समाजसेवी, विशिष्ठ ब्यक्ति तथा प्रतिष्ठीत ब्यक्तिलाई मानार्थ सदस्य प्रदान गर्ने भएकोले कुनै शुल्क लाग्ने छैन।
ङ) सललाहकार सदस्यः– संस्थाको हितका लागि आवश्यक सल्लाह, सुझाव र गरीमा वढाउनको लागि संस्थाले राष्ट्रिय, जिल्ला स्तर र स्थानिय स्तरका ब्यक्तिहरुलाई सल्लाहकार सदस्य राख्ने भएकोले कुनै शुल्क लाग्ने छैन
च) संरक्षक सदस्यः– संस्थाको हित र संस्थालाई अभिभावकिय रुपमा संरक्षण गर्नको लागि र निरन्तरता दिनको लागि संरक्षक सदस्यता प्रदान गरिने भएकोले कुनै शुल्क लाग्ने छैन।
छ) कुनै पनि आवेदकलाई सदस्य दिने निर्णय गरेमा सोको कारण सहितको जानकारी आवेदकलाई दिईने छ।
ज) सवै सदस्यहरुले यस विधान र विधान अन्तरगत वनेको नियम र विनियम भएको ब्यवस्थाको पालना गर्नु पर्ने छ।
झ) माथि उल्लेखित सदस्यहरु मध्य दफा १० को उपदफा ग र घ वाहेक अन्य पदाधिकारीहरुको पदावधि विधानको दफा १४ वमोजिमका पदाधिकारीहरु सरह अर्थात २ वर्षको हुने छ। दफा १४ अनुसारका पदाधिकारीहरुको पदावधि समाप्त भएमा स्वतः समाप्त हुने छ।
परिच्छेद–४
४. १ साधारण – विशेष साधारण सभा
साधारण सभा तथा वैठक सम्वन्धी ब्यवस्था
यस संस्थाको दफा ७ वमोजिम सदस्यता प्राप्त गर्ने मानार्थ, सल्लाहकार र संरक्षक सदस्यहरु वाहेक अन्य सदस्यहरु साधारण सभाका सदस्य हुने छन् । यसमा मानार्थ सल्लाहकार र संरक्षक सदस्य आमन्त्रीत हुनेछन। साधारण सभा यसको सर्वोच्च अंग हुने छ। यस संस्थाको साधारण सभा देहाय वमोजिम हुने छ।
क) यस संस्थाको प्रथम वार्षिक साधारण सभा स्थापना भएको मितिले १ बर्ष भित्र गरिने छ र त्यस पछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले २ महिना भित्र गरिने छ।
ख) वार्षिक साधारण सभा वर्षको एक पटक वस्ने छ भने विशेष साधारण सभाको लागि कुल सदस्य संख्याको १÷४% सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गर्न सक्ने छन् । यसरी माग गरि आएमा कार्य समितिले कम्तिमा १५ दिन भित्र अनिवार्य रुपमा वैठक वोलाउनु पर्दछ । तर साधारण सभा वसेको ३ महिना भित्र पुनः विशेष साधारण सभा वस्ने छैन।
ग) संस्थाको साधारण सभा वा विशेष साधारण सभा गर्नका लागि कम्तिमा १५ दिन अगावै सभा हुने ठाउ, मिति, समय र छलफल गर्ने विषय खोली सवै साधारण सदस्यहरुलाई सूचना दिइने छ।
घ) उपनियम “क” वमोजिम वोलाएको साधारण सभामा गणपूरक संख्या नपुकी सभा हुन नसकेमा कम्तिमा ७ दिनको म्याद दिई पुनः साधारण सभाको वैठक वोलाउनु पर्ने छ।
४. २ गणपुरक संख्याः
सदस्य संख्याको दुई तिहाई प्रतिनिधित्व हुने गरी साधारण सदस्यहरु उपस्थित नभई साधारण सभाको काम कारवाही हुने छैन । तर विधानको दफा १. १ को उपनियम “घ” वमोजिम वोलाएको साधारण सभामा गणपुरक संख्या नपुकी सभा हुन नसकेमा कम्तिमा ७ दिनको म्याद दिई पुनः साधारण सभाको वैठक वोलाउदा पनि गणपुरक संख्या नपुगे कुल संस्थापक सदस्य संख्याको ५१% प्रतिनिधित्व हुने गरी उपस्थित भएमा सभा गर्न सकिने छ ।
४. ३ साधारण सभाको काम, कर्तब्य र अधिकार
साधारण सभाको काम, कर्तब्य र अधिकार देहाय वमोजिम हुने छन:
क) विगत वर्षको कार्य प्रतिवेदन तथा आय ब्यय प्रतिवेदन माथी छलफल गरी परित गर्ने।
ख) संस्थाको नीति कार्यक्रम निर्धारण गरी कार्य समितिलाई निर्देशन दिने।
ग) आगामी आर्थिक वर्षका लागि र दिर्घकालीन योजना कार्यक्रम तथा खर्चको अनुमानित वजेट परित गर्ने।
घ) लेखा परिक्षक नियुक्त गर्ने।
ङ) विधान संसोधन गर्ने।
च) संस्थाको निति तथा निर्णयलाई लागू गर्ने।
छ) कुनै पद खाली रहन गई कार्य समितिको पद पूर्ति गरेको भए अनुमोदन गर्ने।
ज) समितिको आफ्नो आन्तरिक श्रोतवाट व्यहोर्ने गरी कार्य समितिले पेश गरेको कर्मचारीको सुविधा, दरवन्दी, परिश्रमिक, भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृती प्रदान गर्ने।
झ) विधानमा कुन कार्य कसले गर्ने भनी स्पष्ट नतोकिएमा विशेष अधिकार प्रयोग गरी तोक्ने।
ञ) कार्य समितिको चयन गर्ने।
ट) कार्य समितिको पदाधिकारीहरु प्रति विश्वास तथा अविश्वासको प्रस्तााव पारित गर्ने।
ठ) विभिन्न कार्यको लागि समितिलाई अधिकार प्रदान गर्ने।
४. ४ समिति
कार्य समिति – ब्यवस्थापन तथा ढुवानी समिति गरी दुई प्राकारका समिति रहने छन। जसको ब्यवस्थापन निम्न वमोजिम हुने छ।
क) कार्य समितिको नियुक्ति वार्षिक साधारण सभावाट हुने छ तर प्रथम वार्षिक साधारण सभा नभए सम्मको लागि निम्न वमोजिमको कार्य समिति रहने छ ।
अध्यक्ष १ जना
उपाध्यक्ष १ जना
महिला उप अध्यक्ष १ जना
महा-सचिव १ जना
सचिव १ जना
कोषाध्यक्ष १ जना
सह कोषाध्यक्ष १ जना
प्रबक्ता १ जना
सहल्लाकार १ जना
कानुनी सहल्लाकार १ जना
सदस्यहरु ११ जना
ख) यस संस्थामा २१ जनाको कार्य समिति रहने छ ।
ग) कार्य समितिको कार्यकाल ३ वर्षको हुने छ ।
घ) वार्षिक साधारण हुनु भन्दा अगावै कुनै कार्य समितिमा रहेको सदस्यको पद रिक्त हुन आएमा वाकी अवधीका लागि सदस्यको मनोनित कार्य समितिले गर्न सक्ने छ । यसरी सो पदमा निर्वाचन भएको सदस्यको कार्यकाल जुन सदस्य पद रिक्त भएको हो सो सदस्य वाँकी कार्यकाल सम्मका लागि मात्र लागू हुने छ तर अन्य पदको लागि विधान वमोजिम वाँकी अवधीको निमित्त निर्वाचन प्रक्रिया द्वारा पूर्ति गरीने छ ।
ङ) कार्य समितिको वैठक आवश्यकता अनुसार कार्य समतिको अध्यक्षले वोलाउने छ । जसमा सदस्य संख्याको ५१% सदस्यले माग गरेमा अध्यक्षले कार्य समितिको वैठक वोलाउनु पर्नेछ।
च) कार्य समितिको वैठकमा सदस्य स्वयं उपस्थित हुनु पर्ने छ।
छ) कार्य समितिको छलफल भएको विषय, तत् सम्वन्धित भएका निर्णयको विवरण छुट्टै किताव लेखी राख्नु पर्नेछ र सो को विवरणमा वैठकमा उपस्थित सदस्यको कम्तिमा ५१% ले सहि गर्नुृ पर्ने छ।
ज) माथि उपनियमहरुमा जुन सुकै कुरा लेखियता पनि कार्य समितिले गर्न पाउने कुनै कामको सम्वन्धमा कार्य समितिका सवै सदस्यहरु लिखितमा सहमत त्यस्तो सहमतको निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम वैठक विना पनि गर्न सकिने छ।
४. ५ ) कार्य समितिको काम र कर्तब्यः
क) संस्थाको आगामी वर्षको, वार्षिक कार्यक्रम तथा अनुमानित वजेट वनाई साधारण सभामा पेश गर्ने।
ख) विधान वमोजिमको ब्यवस्था पालना गरी साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने।
ग) संस्थाको हित हुने कार्यक्रमहरु संचालन गर्ने।
घ) संस्थाका आवश्यक कर्मचारीहरुको सेवा सर्त र सुविधा आदि सम्वन्धि कर्मचारी नियमावली वनाई साधारण सभावाट स्वीकृत गराई लागू गराउने।
ङ) संस्थाको उद्देश्य पूर्तिको लागि कार्यक्रम तर्जुमा गर्ने, लागू गर्ने र अनुगमन गर्ने तथ सुपरिवेक्षण गर्ने।
च) संस्थाको कार्य सम्पादन गर्न आवश्यक नियम, विनियम तर्जुमा गरी लागू गर्ने।
छ) आवश्यकता अनुसार समितिको लक्ष पूर्तिका लागि ब्यक्ति, संघ, संस्थासंग सुमधुर सम्वन्ध कायम गर्दै काम गर्ने वातावरण मिलाउने र सम्मान, अभिनन्दन जस्ता रचनात्मक उत्प्रेरनात्मक काम गर्ने।
ज) संस्थाको उद्देश्य प्राप्तीको लागि विभिन्न समिति उपसमितिहरुको गठन गर्ने र आवश्यक्ता अनुरुप कार्यको वाडफाट गरि दिने।
झ) संस्थाको नेतृत्व दायी भूमिका निर्वाह गर्ने।
४. ६ पद त्याग गर्न सक्ने
संस्थाका अध्यक्षले उपाध्यक्ष मार्फत कार्य समिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिन सक्ने छन् र सो को कारवाहिको लागि वैठक वसी निर्णय गरी पारित गरेमा मात्र पद त्याग भएको मानिने छ ।
परिच्छेद–५
पदाधकारीको काम, कर्तब्य र अधिकार
५. १ निम्न पदाधिकारीहरुको काम, कर्तब्य र अधिकार देहाय वमोजिम हुने छ ।
1) अध्यक्षः–
क) संस्थाको प्रमुखको रुपमा नेतृत्वको जिम्मा लिने ।
ख) सभा, वैठकको अध्यक्षता गर्ने र आवश्यक परेमा निर्णायक मत दिने ।
ग) साधारण सभावाट परित निर्णयलाई कार्यान्वयन गर्ने, गराउने ।
घ) संस्थाको तर्फवाट सरकारी, अर्धसरकारी, संघ–संस्थाहरुको पतिनिधित्व गर्ने ।
ङ) कार्य समितिको वैठक वोलाउने ।
च) संस्थाको कर्मचारी तथा सदस्यलाई नीति निर्देशन दिने ।
छ) संस्थाको हित सम्वन्धि अन्य कार्य गर्ने ।
२) उपाध्यक्षः–
क) अध्यक्षलाई निजको काममा सहयोग गर्ने ।
ख) अध्यक्षले लिखित रुपमा अधिकार प्रत्यायोजन गरे वमोजिम कार्य गर्ने ।
ग) अध्यक्षको अनुपस्थितिमा निजले गर्ने काम गर्ने ।
३) महासचिव –
क) संस्थाको सचिवालयको रेखदेख र सञ्चालन गर्ने।
ग) अभिलेख सुरक्षित छ छैन हेर्ने र प्रतिवेदन तयार गर्ने।
ङ) संस्थाको चल अचल सम्पत्तिकोअभिलेख राख्ने।
च) संस्थाको उद्देश्य प्राप्तीको लागि सवैसंग समन्वय गर्ने।
छ) अध्यक्षको निर्देशन अनुसार संस्थाको योजना तर्जुमा गर्ने गराउने र परित कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने।
ज) संस्थाले संचालन गरेका योजना तथा कार्यक्रमहरुको सुपरिवेक्षण, मूल्याङ्कन तथा रेखदेख गर्नेर सो को जानकारी संस्थालाई दिने।
झ) वार्षिक साधारण सभामा वार्षिक कार्यक्रम प्रगति प्रतिवेदन प्रस्तुत गर्ने।
ञ) पत्राचार गर्ने।
४) सचिवः–
क) नियमित कार्यालय सञ्चालन गर्ने।
ख) अध्यक्ष र महासचिवको निर्देशन अनुसार वैठक तथा सभाहरु बोलाउने।
ग) अध्यक्ष र महासचिवले दिएको जिम्मेवारी पुरा गर्ने।
घ) महासचिवको अनुपस्थितीमा निजको कार्य गर्ने।
ङ) संस्थाले संचालन गरेका योजना तथा कार्यक्रमहरुको सुपरिवेक्षण, मूल्याङ्कन तथा रेखदेख गर्ने।
च) अध्यक्ष, सचिव तथा कार्य समिति प्रति उत्तरदायी रही कार्य गर्ने।
५) कोषाध्यक्षः–
क) संस्थाको कोषको रेखदेख र सञ्चालन गर्ने।
ख) साधारण सभामा वार्षिक कार्यक्रम र वजेट पेश गर्ने। आम्दानी र खर्चको फाँटवारी तयार गरी वैठकमा पेश गर्ने।
ग) लेखा दुरुस्त राख्ने, खर्चको श्रेस्ता राख्ने।
घ) नियमित रुपमा वार्षिक लेखा परिक्षण गराउने र कार्य समितिवाट स्वीकृत गराई साधारण सभाम पेश गने।
ङ) संस्थामा भएका चल अचल सम्पत्तिको अभिलेख तयार गर्ने प्रमाणित गराउने।
६) सह–कोषाध्यक्षः–
क) कोषाध्यक्षको नियमित कार्य सञ्चालनमा सहयोग गर्ने।
ख) अध्यक्ष र कोषाध्यक्षले दिएको जिम्मेवारी पुरा गर्ने।
ग) कोषाध्यक्षको अनुपस्थितीमा निजको कार्य गर्ने।
घ) संस्थाले संचालन गरेका योजना तथा कार्यक्रमहरुको सुपरिवेक्षण, मूल्याङ्कन तथा रेखदेख गर्ने।
ङ) अध्यक्ष, कोषाध्यक्ष तथा कार्य समिति प्रति उत्तरदायी रही कार्य गर्ने।
७ ) प्रबक्ता:–
क) कार्य समितिको नीति र काम कारबाही बारे परिषद्को दृस्टीकोण सार्बजनिक गर्ने
ख) कार्य समिति र संचार माध्यम बीच समन्वय गर्ने कार्य समितिको बिभिन्न गतिविधिको सूचना प्रबाह गर्ने गराउने
ग) आचार सहितको पालना गर्दै कार्य समिति तथा अध्यक्षले तोकेको अन्य कामहरु गर्ने
८) सदस्यहरुः–
क) संस्थाको वैठकमा सक्रिय सहभागिता जनाउने।
ख) संस्थाको कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने।
ग) संस्थाको हितोन्नती प्रति सधै सचेत रही रहने।
घ) कार्य समितिले दिएको जिम्मेवारी पुरा गर्ने।
ङ) संस्थाको उद्देश्य कार्यान्वयन गर्न सक्रिय रहने।
परिच्छेद–६
आर्थिक ब्यवस्था
६ . १ समितिको कोष
संस्थाको आफ्नो छुट्टै कोष रहने छ र कोषमा देहाय वमोजिमको रकमहरु रहने छ।
क) सदस्यता प्रवेश शुलकवाट प्राप्त रकम।
ख) प्रदर्शनीमा उपस्थित जनसमुदायलाई मनोरञ्जन प्रदान गरे वाफत प्राप्त रकम।
ग) कसैले स्वईच्छाले संस्थालाई दिएको अनुदान सहायता वापत प्राप्त रकम।
घ) संस्थालाई नेपाल सरकार, स्वदेशी तथा विदेशी दातृ संघ संस्था, निकाय, ब्यक्तिवाट दान, उपहारवाट प्राप्त रकम।
ङ) संस्थाको अन्य श्रोतवाट प्राप्त रकम।
तर कुनै विदेशी दातृ संघ संस्था, निकाय वा ब्यक्तिवाट अनुदान, उपहार लिने भए संस्थाले नेपाल सरकारको पूर्व स्वीकृती लिई मात्र लिने छ।
६ . २ खाता सञ्चालनः
संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतवाट खाता सञ्चालन हुने छ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने ब्यवस्था मिलाउनु पर्ने छ।
६ . ३ कोषको रकम खर्च गर्ने तरिका
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय वमोजिम तरीका अपनाई खर्च गरीने छ।
क) संस्थाको वार्षिक वजेट योजना स्वीकृत नगरी कोषवाट खर्च गर्न सकिने छैन।
ख) साधारण सभावाट पारित वजेट र कार्यक्रको अधिनमा रही कोषवाट रकम खर्च गर्न सकिने छ।
ग) कोषवाट खर्च भएको रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्ने छ।
६ . ४ संस्थाको लेखा र लेखा परिक्षण
क) संस्थाको आय–ब्ययको लेखा प्रचलित कानून वमोजिम राखिने छ।
ख) नेपाल सरकार तथा स्थानीय अधिकारीले चाहेमा जुनसुकै वखत पनि संस्थाको हिसाव किताव जाँच वा जचाउन सक्ने छ
परिच्छेद–७
निर्वाचन, अविश्वासको प्रस्ताव, विधान संशोधन सम्वन्धी ब्यवस्था
७. १ निर्वाचन सम्वन्धी ब्यवस्था
क) कार्य समितिको निर्वाचनको निमित्त कार्य समितिले निर्वाचन अधिकृत सहित ३ सदस्यीय निर्वाचन समिति नियुक्ति गर्ने छ।
ख) निर्वाचन सम्वन्धी कार्य विधि कार्य समितिले तोके वमोजिम हुने छ र निर्वाचन समाप्त भए पछि निर्वाचन समितिको स्वतः विघठन हुने छ।
ग) निर्वाचन सम्वन्धी विवाद उत्पन्न भएमा विवादको टुङ्गो निर्वाचन समितिले गरेको निर्णय अन्तिम हुने छ
७. २ उमेदवार हुने योग्यता
क) संस्थाका साधारण सदस्य वा कार्य समितिको वहाल रहेको पदाधिकारी हुनु पर्ने छ।
ख) संस्थाको सदस्य नविकरण गराएको सदस्य हुनु पर्ने छ।
ग) विधानको दफा ६ को योग्यता पुगी दफा ७ वमोजिमको प्रक्रिया पूरा गरी सदस्यता प्रप्त गरेको हुनु पर्ने छ।
घ) निर्वाचन समितिमा नभएको ब्यक्ति।
ङ) एक ब्यक्ति एक पदको लागि मात्र उमेदवार योग्य हुने छ।
च) माथि जुन सुकै कुरा लेखिएको भएता पनि निर्वाचन प्रक्रिया नअपनाई सर्वसहमतिवाट पनि पदाधिकारी चयन गर्न सकिने छ।
७. ३ विधान संशोधन
कुल सदस्य संख्याको दुई तिहाई सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजीका लागि स्थानीय अधिकारी समक्ष सिफारीस गरी पठाउनु पर्ने छ । स्थानीय अधिकारीले स्वीकृत गरे पछि मात्र संस्थाको विधानको कुनै दफा संशोधन वा खारेजी भएको मानिने छ।
७. ४ नियम वनाउन सक्ने
क) संस्थाले आफ्नो कार्य सम्पादन गर्ने सम्वन्धमा कार्य समितिले आवश्यक नियम बनाउन सक्नेछ । सो नियम साधारण सभावाट पारित गराई लागू हुने छ र सो को जानकारी स्थानीय अधिकारीलाई दिनु पर्ने छ । त्यस्तो खालको विनियम साधारण सभावाट अनुमोदन गरी लागू गरिनेछ।
ख) यो विधान र विधान अन्तर्गत बनेको नियमको अधिनमा रही समितिको कार्य संचालन र उद्देश्य कार्यान्वयनका लागि कार्य समितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्वन्धी नियम वनाई लागू गर्न सक्ने छ । त्यस्तो नियम साधारण सभावाट अनुमोदन गराउनु पर्नेछ।
परिच्छेद–८
अन्य
८. १ कर्मचारी ब्यवस्था
संस्थाको दैनिक कार्य संचालन र योजना तथा कार्यक्रम संचालनको लागि कर्मचारी दरवन्दी सिर्जना, पारिश्रमीक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवासर्तहरु आवश्यकता अनुसार ब्यवस्था गरीने छ।
८. २ तदर्थ समिति
यो संस्था स्थापना गरी दर्ता गराउनको लागि तदर्थ समितिले ६ महिना भित्र विधान अनुसारको निर्वाचन गर्नको लागि समितिको गठन गर्नु पर्ने छ। सो अवधिमा कार्य समितिले गरेका कामहरु यसै विधान अनुसार भएको मानिने छ।
८. ३ संस्था खारेजी
क) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेज गर्न सक्ने छ।
ख) उपनियम “क” वमोजिम खारेजिको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामको लागि एक वा एक भन्दा वढी लिक्वीडेटरहरु (liquidator) र संस्थाको हिसाव किताव जाँच गर्नको लागि एक वा एक भन्दा वढि लेखा परिक्षकहरु नियुक्ती गर्न सक्ने छ। लिक्वीडेटर (liquidator) र लेखा परिक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए वमोजिम हुने छ।
ग) उपनियम “ख” वमोजिम लिक्वीडेटर (liquidator) तथा लेखा परिक्षकले संस्था खारेजी सम्वन्धी काम कार्वाही गर्ने छन
घ) कुनै कारणवस संस्था खारेज भएमा संस्थाको सम्पूर्ण जायजेथा तथा दायित्व नेपाल सरकारमा सर्ने छ।
८. ४ ब्याख्या
यो विधान र विधान अन्तरगत वनेको नियम विनियमके ब्याख्या गर्ने अधिकार कार्य समितिलाई हुने छ।
८. ५ गोपनियता भंग
संस्थाका कुनै पनि पदाधिकारीहरु तथा सदस्यहरुले संस्थाको अहित हुने कार्य गर्न हुदैन र कार्य समितिका पखाधिकरी वा साधारण सभाका सदस्यहरुले वैठक वा साधारण सभामा असभ्य र अश्लिल शब्दको प्रयोग गर्न पाइने छैन तथा संस्थाका हित सम्वन्धी गोप्यताका कुराहरु भन्न वा सुनाउन पाइने छैन।
८. ६ ऐन अनुसार हुने
संस्थाको विधानमा उल्लेख नभएका कुराहरु प्रचलित कानून वमोजिम हुनु पर्ने छ र संस्था दर्ता ऐन २०१९ र प्रचलित कानूनसंग वाँझिन गएका कुराहरु स्वतः निष्क्रिय हुने छन।
८. ७ विविध
कार्य समितिलाई आवश्यक परेमा तिन जनासम्म सल्लाकार र १ जना कानूनी सल्लाकार चयन गर्न सकिने छ। जो संस्था प्रति उत्तरदायी रही कार्य समितिलाई पूर्ण सहयोग गर्ने छन।
८. ८ सपथः
संस्थाका सदस्यहरुले कार्यकारीणी समिति निर्वाचन भए पछि आफ्नो कार्यभार समाल्नु अघि अनुसूची २ बमोजिमको सपथ ग्रहण गर्नु पर्ने छ। यस्तो सपथ ग्रहण गर्दा अध्यक्षले निर्वाचन प्रमुखसंग र अन्य सदस्यहरुले अध्यक्ष समक्ष लिनु पर्ने छ।
८. ९ तदर्थ समितिका सदस्यहरुको नाम, थर र ठेगाना
