Skip to main content

Nuwakot Sewa Society UAE

Date :08/02/2022

 नुवाकोट जिल्ला बिदुर नगरपालिका वार्ड नं १३ निवासी बर्ष ३२ को बिनोद न्यौपानेलाई ब्रेन ट्युमर (Brain Tumor) भइ बिगत दुई महिना देखी  धुलिखेल अस्पताल काभ्रेमा उपचारार्थ रहेका थिए। उनको घरायसी आर्थिक अवस्था कमजोरीको कारण उपचारमा कठिनाई परिरहेकोले उक्त उपचारलाई सहज बनाउने उद्देश्यले नुवाकोट सेवा समाज युएईको पहलमा सबै साथीहरू मार्फत सहयोग अभियान मार्फत रकम संकलन गरि संकलीत रकम रु ७८,००० (अठहत्तर हजार रुपैयाँ) हाम्रो संस्थामा बिगत देखि सहयोग गर्दै आउनु भएका श्याम शिबभक्ती ज्युले धुलिखेल अस्पताल नै गएर हस्तान्तरण गरेका छन।

हाम्रो अभियान लाई सफल बनाउनु हुने सम्पुर्ण सहयोगी मन हरुलाई हृदय देखिनै धन्यवाद व्यक्त गर्दछौ। त्यसका साथै बिष्णु रिमाल ज्यु जसले हाम्रो हरेक अभियानलाई मनै देखि सहयोग गर्दै आउनु भएको छ उहालाई विशेष धन्यवाद व्यक्त गर्दछौं  । 

बिरामी बिनोदको स्वास्थ अवस्था सुधार उन्मुख रहेको जानकारी गराउदै अबको एक देखि दुई हप्ता भित्रमा अस्पताल बाट घर फर्कने खबर पाउदा हामी ज्यादैनै खुशी छै।आज अस्पतालमा बुझाएको रकमको अलावा इन्स्योरेन्स कभर पश्चात् ५२,००० (बाउन्न हजार रुपैयाँ) अझै तिर्न बाकी रहेकोले तपाईंहरु मध्य कोहि साथीहरु पहिले छुट्नु भएको र अहिले सहयोग गर्न चाहनु हुन्छ भने हामीलाई सम्झन सक्नु हुनेछ।

धन्यवाद,

नुवाकोट सेवा समाज, युएई