Date: 20/04/2022
आउनुहोस एकैछिन कुनै जात, धर्म, लिङ्ग र समुदाय भन्दा माथी उठेर सोचौ हामी परदेशमा रहेका नेपाली, यहाँहरु सम्पुर्णमा हाम्रो नुवाकोट सेवा समाजको तर्फबाट यो न्यान्यो अविबादन अनि नमस्कार। आज अलिकती फरक बिषयमा एउटा सानो सहयोगको अपेक्षा गरेका छौँ । आसा गरौं अब उपरान्त यस्तो पीडा भगवानले कसैलाई पनि नदिउन। मकवानपुर जिल्ला हेटौंडा स्थित घर भयका बर्ष २२ का मनिष श्रेष्ठ भाइ युएई को फुजेरहा मा केही समय देखि भिजिट भिसामा रहेको र भाइले यहि मार्च १६ तारिक अचानक आत्महत्या गरेको हुनाले हाल उहाँको शब नेपाल पठाउने प्रक्रियामा रहेको र यो दु:खद घडिमा हामी प्रत्यक नेपालीहरुले सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं। परदेशमा हामीहरु जो कोहिलाई पनि यस्तो समस्या परेमा एकजुट हुनु पर्दछ त्यसैले कृपया हामिले खाने खाना एकछकको करिब १० दिराम प्रत्यक ब्यत्तिले सहयोग गर्यौ भने कुनै असम्भव छैन। सहयोग ठूलो र सानो हुन्न, हजुरहरुले जति सक्नु हुन्छ त्यति सहयोग को अपेक्षा गर्दछौं।
तपाईहरुले गर्नु भयको सहयोग रकमलाई पारदर्शी ढंगले प्रस्तुत गर्दै नुवाकोट सेवासमाजको माध्यमबाट मृतक भाइ मनिष श्रेष्ठ को शबलाइ नेपाल पठाउनेकाम जतिसक्दो छिटो गर्ने प्रतिबद्वता सहित सहयोगको अपिल गर्दछौँ ।
हजुरहरुले गर्नुभएको सहयोगको विवरण हेर्न यहाँ क्लिन गर्नुहोस https://bit.ly/37wU7ar रेकर्ड अपडेट भैरहने छ।
धन्यवाद,
धन्यवाद! जय देश !! जय परदेशि!!!
नुवाकोट सेवा समाज युएई परिवार तथा प्रदेशमा रहनुभएका सम्पूर्ण संघसंस्था एबं मित्रहरु
